२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

रुकुम पूर्वमा जीप दुर्घटना : डिएसपीसहित चार जना घाइते



नेपालगञ्ज : रुकुम पूर्वमा शनिबार भएको जीप दुर्घटनामा परि डिएसपीसहित चारजना घाइते भएका छन् ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको छ ।

जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अुनसार तकशेरा तर्फ निरीक्षणमा जाँदै गरेको गाडी विहान साढे ११ बजेतिर दुर्घटनामा परेको थियो ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको जानकारी दिए । दुर्घटानामा परि प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते भएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ जना सुरक्षाकर्मी सवार रहेको प्रजिअ सुनारले बताए ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिबार
ताजा समाचार