२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु



दाङ : दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा बिहीवार बिहान ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

बिहान ६ बजे ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।

ट्रयाक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार
ताजा समाचार