२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कैलालीको पथरैया नदीमा आएको बाढीले सयौं घर डुवानमा



कैलाली : पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् । भजनी नगरपालिका–८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् ।

घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ भदौ १४ गते मंगलबार
ताजा समाचार