२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सल्यानमा लेनदेनको विषयमा एसिड प्रहार, एक जना पक्राउ



नेपालगञ्ज : सल्यानमा लेनदेनको विषयलाई लिएर एसिड प्रहार भएको छ । सोमबार बेलुका साढे सात बजे दार्मा गाउँपालिका–३ चम्फुटाकुराका बेचे रावतले माधक पदार्थ सेवनगरी एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार लेनदेनको विषयलाई लिएर एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनेर बेचेको घरमा राख्न दिएको एसिड आफ्नै भाईको श्रीमतीलाई छ्याप्ने प्रयास गरेका हुन् ।

पसलमा बसीरहेको भाई भिमबहादुर रावत र उनको श्रीमती दिपा रावतलाई एसिड छ्याप्ने क्रममा ३२ वर्षीया भिमबहादुर रावतको शरीरमा समेत पर्न गई घाइते भएको प्रहरीको भनाई रहेको छ ।

ईलाका प्रहरी कार्यालय दार्मा, सल्यानले एसिड छ्याप्ने बेचे रावतलाई नियण्त्रणमा लिई उनको घरमा राखेको अन्दाजी २०/२२ लिटर एसिड समेत बरामद गरेको छ ।

साथै तीनै जनाको अनुहार लगायत शरीरको विभिन्न भागमा एसिड पर्ने गएर पोलिएको र उनिहरुको उपचार श्रीनगर सल्यानमा भईरहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार
ताजा समाचार