२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बझाङमा एकै परिवारका ३ जना मृत फेला



नेपालगञ्ज : बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नं.९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन् । मृतक बालिकाको भने नाम खुलेको छैन ।

मंगलवार राती उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएको वडाध्यक्ष सिंहले बताए ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधबार
ताजा समाचार