२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला



नेपालगञ्ज : दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

घोराही उपमहानगरपालिका–१५ मा मंगलवार बिहान अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मंगलबार
ताजा समाचार