Sadarline
२०८३ असोज २७ , मंगलबार

कैलालीमा चितुवाको छालासहित ४ जना पक्राउ



कैलाली : कैलाली प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी रहेका छन् । उक्त बोलेरो जीप बुडरबाट धनगढी तर्फ आइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट चितुवाको छाला र २ किलो चितुवाको हड्डी बरामद भएको छ । पक्राउ परेका सबैलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रबार
ताजा समाचार