२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट दोषी भइ फरार कोहलपुर नगरपालिका–१४ निवासी २७ वर्षीय भरत दरैलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

दरैलाई जिल्ला अदालतले गएको असोज ४ गते ३ महिना १२ दिन कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । पक्राउ परेका दरैलाई थप कारवाहीका लागि आइतवार जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार
ताजा समाचार