२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बुटवलको होटलमा एक जोडीको शव भेटियो



नेपालगञ्ज : रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारिकोट होटलको कोठामा रहस्यमय रूपमा एक जोडी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र नाम–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।

भुजेल धादिङको कुमपुर–५ का बासिन्दा रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनीहरू सुतेको कोठाको तन्ना र टावेलमा रगत लतपतिएको देखिएको छ । सितारामले युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने डीएसपी केसीले बताए ।

उनका अनुसार उनीहरू आइतबार राति त्यस होटलमा बस्न आएका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार
ताजा समाचार