२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्यो



कञ्चनपुर : चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । मंगलवार रातीदेखि आएको बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । मंगलवार राती चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए ।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।

यस्तै बाढीको उच्च जोखिममा रहेका घर पनि सशस्त्र प्रहरीले हटाउन थालेका छन् । घरका खाँबा, झ्यालढोका लगायत सामान हटाएर सुरक्षित ठाउँमा लगेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधबार
ताजा समाचार