बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक थान भरुवाबन्दुक बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रबार






प्रतिक्रिया दिनुहोस्