२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

गाडीको ठक्करबाट बाँकेमा दुईजना घाइते



नेपालगञ्ज : बाँकेको कोहलपुरमा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । रोल्पा माडी गाउँपालिकाको रा १ झ १७६ नम्वरको सरकारी गाडीले भे ५ प ५३०८ नम्बर को मोटरसाइकललाई कोहलपुर पिपल चौतारा नजिकै ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक नेपालगञ्ज–११ की १५ वर्षीया ममता ढकाल र पछाडी सवार १३ वर्षीय दीपक भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार गरिएको छ । चालक र गाडी भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमबार
ताजा समाचार