२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सल्यानमा बालिका बलात्कारको आरोपमा दुई पक्राउ



सल्यान : सल्यानमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गर्ने जाजरकोट भेरी नगरपालिका–१२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन । उनीहरुलाई जाजरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुईजनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सल्यानबबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार, यही असार २२ गते कुमाख गाउँपालिका–१ की १४ वर्षीया बालिका राति ठूलीआमाको घरमा सुत्न गएकी बालिकामाथि ति दुई युवकले जबरजस्ती करणी गरेका थिए । त्यसपश्चत दुवैजना फरार भएक थिए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार
ताजा समाचार