२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सडक दुर्घटनामा परी दाङमा दुई जनाको मृत्यु



नेपालगञ्ज : दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सौडियारबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै ९ बजेतिर घोराही ७ बेसाई नजिक दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवँर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार
ताजा समाचार