२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बसमा आगलागी हुँदा ३१ यात्रु घाइते, ६ को अवस्था चिन्ताजनक



नेपालगञ्ज : कञ्चनपुरबाट काठमाण्डौ जाँदै गरेको बस नवलपरासी पूर्वको दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेकामध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

सख्त ६ जनाको चितवनको भरतपुर र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस महाकाली यातायात प्रालिको हो । दुर्घटनामा घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार
ताजा समाचार