२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियामा बहुबिवाह मुद्दाका फरार अभियुक्त पक्राउ



बर्दिया : बर्दियामा बहुबिवाह मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भुरीगाउले जिल्ला बर्दिया साबिक नेउलापुर २ हाल ठाकुरबाबा नगरपालिका वडा नं.२ प्रतापुर बस्ने बर्ष ४० को निरक बहादुर थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनी बहुबिवाह मुद्दामा सजाय पाएका हालसम्म फरार रहेका थिए । थापालाई बर्दिया जिल्ला अदालतको मिति २०७१ जेठ ७ गतेको आदेशले बहुबिवाह मुद्दामा सजाय तोकिएको थियो ।

उनलाई प्रहरीले पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार
ताजा समाचार