२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियामा चोरी मुद्दामा फरार प्रतीबादी पक्राउ



बर्दिया : नकबजनी चोरी मुद्दामा फरार एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बर्दियाको बढैयाताल गाउँपालिका ४ बस्ने बबि ददेल रहेका छन् ।

ददेलमाथि बाँके जिल्ला अदालतको २०७७ असार १० गतेको फैसला आदेशले नकबजनी चोरी मुद्दामा ३ महिना ६ दिन कैद र ३ हजार ६०० रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । प्रहरीका अनुसार उनी यस अघिसम्म फरार रहेका थिए ।

उनलाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रबार
ताजा समाचार