२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियामा एक युवतीको शव भेटियो



नेपालगञ्ज : बर्दियाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।

अन्दाजी २४–२५ वर्षीया युवतीको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन ।

गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार
ताजा समाचार