२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु



नेपालगञ्ज : प्युठानमा कट्याङ लागेर दुई जना बालकको मुत्यु भएको छ । मंगलवार बिहान करिब साढे ३ बजे जिल्लाको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लाग्दा सोहि ठाउँका ७ वर्षिय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाका अनुसार चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मुत्यु भएको हो ।

त्यस्तै चट्याङ लागेर अन्य ९ जना घाइते भएका छन् । ऐरावती गाउँपालिकाका– ६ का ५ जना र वडा नं। १ का ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार
ताजा समाचार