२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

जमुनाहा नाकाबाट ब्राउन सुगरसहित तीन पक्राउ



नेपालगञ्ज : नेपालगञ्जको जमुनाहाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय अञ्जन खाँ, वडा नम्वर १६ बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इरफान जोलाह रहेको प्रहरीले जनाएको छ ।

खाँले अन्सारी र जोलाहलाई लागुऔषध विक्रीवितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि सीमा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र सिंह पुजाराको कमाण्डमा खटिएको प्रहरीको टोली र लागु औषध व्यूरोको टोलीले जाँच गरेको थियो ।

त्यसक्रममा उनीहरुको साथबाट १ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतबार
ताजा समाचार