२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्जबाट डेढ लाख बढीको सामान बरामद



नेपालगञ्ज : नेपालगञ्जको आदर्शनगरबाट १ लाख ७२ हजारको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार, बिशेष सूचनाको आधारमा भारत रुपैडिहा बाट भन्सार छली कुर्ता सुरुवाल कपडा ७१ थान, कुर्ति ४२ थान, फ्राक ५ थान, चिनी ७० किलो महेश दालमोठ १९ पोका, नरिवल समेतका सामानहरु ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।

उक्त सामानको मूल्य करीब १ लाख ७२ हजार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिबार
ताजा समाचार