२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

असई चौलागाईंविरुद्ध बलात्कारको मुद्दा दर्ता



नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिवार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् ।

पीडितले असईं चौलागाईंबिरूद्ध दिएको जाहेरी दर्ता भएको प्रवक्ता न्यौंपानेले जानकारी दिए । उनले अब कानुन अनुसार कारबाहीको प्रक्रिया शुरु हुने बताए ।

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई बिहीवार राती २ बजे निकाल्न लगाएर असई चौलागाईंले आफ्नो कोठामा पुर्याई यौंन दुव्र्यवहार तथा बलात्कार गरेको आरोप छ ।

असई चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिबार
ताजा समाचार