२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँकेमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ लग्दहवा बस्ने ३२ वर्षीय सुवास यादव पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

यादवमाथि बाँके जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको थियो । त्यसपश्चत् उनी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरी बिहीवारनै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार
ताजा समाचार