२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

पाँच जना बिचौलियालाई सम्झाई बुझाई छाडियो



नेपालगञ्ज : सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको छ ।

भेरी अस्पताल, नेपालगञ्ज परिसरबाटै आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न कर लगाउने तथा निजी क्लिनीकमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको हो ।

भेरी अस्पतालमा बिचौलियाले बिरामीलाई दिनहुँ दुःख दिएको गुनासो आएपछि मंगलबार अस्पताल परिसर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा तीन जना महिला र दुई जना पुरुष बिचौलियालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अबदेखि अस्पतालमा आएर दलाली नगर्ने सर्तमा परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

पछिल्लो समय भेरी अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढिरहेकोले सादा पोषाकको प्रहरी परिचालन गरि अस्पताल परिसरलाई चोर र बिचौलिया मुक्त बनाउने अभियान थालिएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधबार
ताजा समाचार