२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

जंगली च्याउ खाँदा एकै गाउँका १९ जना विरामी



नेपालगञ्ज : बुटवलमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् ।

बिरामी हुनेहरु सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार, नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी भएका हुन् ।

बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार
ताजा समाचार