२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते



नेपालगञ्ज : कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वी चौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१–००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालक र सहचालक भने फरार छन् ।

प्रकाशित मिति : २०७९ वैशाख २९ गते बिहीबार
ताजा समाचार