२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

ट्रकको ठक्करबाट दाङमा एक जनाको मृत्यु



नेपालगञ्ज : दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि वडा खिनैटा निवासी करिब ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

आज विहान सवा ५ बजे गिरी मर्निङवाक गर्न सडकको छेउमा हिँडिरहेका थिए । सोहि समयमा भालुवाङबाट लमही तर्फ आउँदै गरेको ट्रले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गिरीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहाले जानकारी दिए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार
ताजा समाचार