२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

माैन अबधिमा खजुराकाे गिजरा पुगेको गठबन्धनका उम्मेदवारकाे गाडी नियन्त्रणमा



खजुरा (बाँके) : माैनअबधीमा खजुरा गाउँपालिकाको गिजरा बस्तीमा रातीको समयमा शकांष्पद गतिविधी गर्ने गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमाले निकट युवाहरुको समूहले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

मौन अवधीमा प्रचार सामग्रीसहित पैसा वितरण गर्न वस्तीमा छिरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको दाबी गरीएकाे छ । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ललाई उनी चडेर आएकाे गाडीमै नियन्त्रणमा लिइएको हो भने अध्यक्षका उम्मेदवार डम्बर विक तुफान गाडीबाट भागेको प्रत्यक्षदर्शीले बताए ।

युवाहरुको समूहले उम्मेदवार सवार गाडीको घटनास्थलमै खानतलासी गर्न माग गरेपनि प्रहरीले एक घण्टासम्म वस्तीमै रोकेर आलटाल गरेपछि माहौल तनावग्रस्त भएको थियो । एमाले कार्यकर्तामाथी प्रहरी र सत्तारुढ दलको मिलेमतोमा आक्रमण गरिएको भन्दै एमाले अध्यक्ष किस्मत कक्षपतिले यसले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनेमा आशंका उब्जाएको बताए ।  प्रहरीको मिलेमतोमा एमाले विरुद्ध षडयन्त्र गरिएको भन्दै कक्षपति प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई राती नै टेलीफोन सम्पर्क गरि गम्भिर ध्यानाकर्षण गराएका छन् ।  खजुरा २ सीतापुरमा समेत एमाले कार्यकर्तामाथी आक्रमण गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए  । एमाले कार्यकर्तामाथी आक्रमण भएपनि संयमता अपनाउन जिल्लाभर कार्यकर्तालाई निर्देशन दिइएको अध्यक्ष कक्षपतिले  आग्रह गरे ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार
ताजा समाचार