२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

घरदैलोमा गएका क्षेत्रीय सभापतिमाथी आफ्नै कार्यकर्ताद्वारा हातपात



कोहलपुर (बाँके) : नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीलाई कार्यकर्ताले हातपातसहित दुब्र्यवहार गरेका छन ।

सोमबार बिहान कोहलपुर–२ मा नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी भएका क्षेत्रीय सभापति केसीलाई बर्दहवा गाँउमा काँग्रेसी कार्यकर्ताले नै हातपात गरेका हुन ।

आफुमाथि सो वडामा वडा अध्यक्षको आकांक्षी रहेका यज्ञबहादुर महराले टिकट नपाएको आक्रोशमा महराकै संरक्षणमा समीर विकले हातपात गरेको बताए । हातपात पछि विक फरार रहेका छन । प्रहरीले सो घटनामा संलग्न भनिएका विकको खोजतलास गर्नुको साथै अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १९ गते सोमबार
ताजा समाचार