२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कञ्चनपुरस्थित एक होटलको कोठामा युवक मृत फेला



कञ्चनपुर: कञ्चनपुरस्थित नाइन इलेभन होटलको कोठामा एक जना युवक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन्।

पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २०७९ वैशाख २१ गते बुधबार
ताजा समाचार