२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

रोल्पा कारागारमा कैदी झुण्डिएको अवस्थामा फेला



नेपालगञ्ज : रोल्पा जिल्ला कारागारमा बुधवार राति एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

शौचालय बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ जेठ ५ गते बिहीबार
ताजा समाचार