२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बतात्कारको अभियोगमा पूर्व वडाअध्यक्ष चलाउने प्रहरी नियन्त्रणमा



कोहलपुर (बाँके) :  कोहलपुर प्रहरीले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निमबहादुर चलाउने (निरज)लाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

आरोपित चलाउने कोहलपुर नगरपालिका वडानं. १० का पुर्व वडाध्यक्ष समेत हुन । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार नियन्त्रणमा लिएको हो ।

चलाउनेलाई नियन्त्रणमा लिएर हिरासतमा राखीएको र थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिनको म्याद थप गरीएको इप्रका कोहलपुरका ईन्चार्ज डिएसपी ऐन मल्लले जानकारी दिए ।

प्रहरी नियन्त्रमा रहेका चलाउने माथि केही समय पहिले कोहलपुरकै एक महिलाले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै उनीबिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीकै आधारमा उनलाई पक्राऊ गरिएको मल्लले बताए ।

प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार
ताजा समाचार