२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

गाडी दुर्घटनामा परेर मेयर रेनु दाहाल घाइते



काठमाण्डौ : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ ।

उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार
ताजा समाचार