२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु



नेपालगञ्ज : बझाङको छबिस पाथिभेरा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान छबिस पाथिभेरा गाउँपालिका ३ बाहुन डाँडाबाट भाँडेबगर जाने क्रममा छबिस पाथिभेरा गाउँपालिका १ मोरिबगर नजिकै से १ ज ६७३ नम्बरको जीप दुर्घटना हुँदा सोहि ठाउँका ५० वर्षीय जय बहादुर शार्कीको मृत्यु भएको हो ।

माथि भिरबाट ढुंगा खसेर जीपमा ठोक्किँदा जीप सडक भन्दा झण्डै १ सय ५० मिटर तल सेती नदीमा खसेको थियो । घरबाट भाँडेबगर जाने क्रममा मोरिबगर नजिकै जीप दुर्घटना भई जय बहादुर शार्कीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत ३० गते बुधबार
ताजा समाचार