२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

जुम्लामा आगलागी हँदा चार बालबालिकाको मृत्यु



फाईल तस्बिर : सदरलाइनडटकम

नेपालगञ्ज डेस्क :  जुम्लामा भएको आगलागिमा परेर चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले दिएको जानकारी अन्ुसार सो आगलागीमा परेर मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो ।

सो आगलागिमा परेर मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेका छन् ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराइएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार
ताजा समाचार