२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

करीब एक करोडको चरेससहित रुपईडिहामा एक नेपाली पक्राउ



नेपालगञ्ज : नेपाल भारत सीमा क्षेत्र रुपईडिहामा ९० लाख रुपैयाँ बराबरको चरेससहित एक नेपाली पक्राउ परेका छन् । भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपईडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् ।

भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियानका क्रममा गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंका लागेर जाँच गर्दा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेससहित पक्रेको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।

थाना रुपईडिहाका प्रभारी निरीक्षक प्रमोदकुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं. १४ का देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२/१५ नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले वरामद गरेको चरेसको मुल्य डेढ १ करोड नेपाली रुपैयाँ बराबर रहेको अनुमान छ ।

प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार
ताजा समाचार