२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

स्याङजामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु



नेपालगञ्ज : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,२५ वर्षीया शर्मिला सारु र नाम नखुलेका उनका ६ महिनाका छोरा छन् ।

यस्तै, ६१ वर्षीया कुल कुमारी कनौजेको पनि मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार
ताजा समाचार