२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सडक दुर्घटनामा ज्यान गुमाएका परिवारजनद्वारा बीपीचोकमा टायरबालेर प्रदर्शन




नेपालगञ्ज  : नेपालगञ्जको सुर्खेतरोडमा गत सोमबार रातीकारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बिपि चोकमा टायर बालेर प्रदर्शन गरेका छ्न ।

प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याए पनि चिकित्सकले भने मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उनीमाथि कडा कारवाही र क्षेतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन ।

जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने–‘ कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’

प्रकाशित मिति : २०७९ वैशाख १ गते बिहीबार
ताजा समाचार