२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लागुऔषधसहित दाङमा एक पक्राउ



दाङ : घोराही उपमहानगरपालिका–१८ मुसलवान डाँडाबाट ४ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय दिपक वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुसलवान डाँडामा लागूऔषध ब्राउन सुगर बेच विखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ११ गते आइतबार
ताजा समाचार