२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अवैधरुपमा भित्र्याइएको चिनी बरामद



नेपालगञ्ज : नेपालगञ्जबाट भन्सार छलिको चिनी बरामद भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट साढे २१ क्विन्टल चिनी बरामद भएको वडा प्रहरी कार्यालयका निमित्त इन्चार्ज माधव रिजालले जानकारी दिए ।

भारतबाट लुकाइछिपाई भित्र्याइएको ५० किलोका ४३ बोरा चिनी बरामद भएको प्रहरीले जनाएको छ । चिनी भारतमा सस्तोमा पाइन्छ । त्यही भएर तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउने गरेका छन् ।

उक्त चिनी थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार
ताजा समाचार