२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अछाममा सेनाको गाडी दुर्घटना, ५ जना घाइते



नेपालगञ्ज : अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो ।

डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुँदा ५ जना घाइते भएको बताइएको छ । उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो ।

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ७ गते बुधबार
ताजा समाचार