२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बलात्कार पीडितको गोपनियता खुलाउने सञ्चारकर्मीलाई पाँचमहिना कैद र जरिवाना



दीपा कोइराला,
सुर्खेत  :  सुर्खेतको मेहलकुनामा सात महिना अघि बलात्कृत भएका राउटे युवतीको पहिचान खुलाएको भन्दै जिल्ला अदालत सुर्खेतले एकजना पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अनलाइनमा युवतीको पहिचान खुल्नेगरी तस्वीर र नामसहित समाचार प्रकाशन गरेको भन्दै उनी बिरुद्द मुदा परेको अदालतले जनाएको छ । उनीँबिरुद्द गत असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो । mupatrakarita. com बाट

प्रकाशित मिति : २०७९ वैशाख १४ गते बुधबार
ताजा समाचार