२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु



नेपालगञ्ज : कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख २ गते शुक्रबार
ताजा समाचार