२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बर्दियाको खैरेनीमा आगलागी हुँदा बालकको मृत्यु



बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.९ खैरेनीमा आगलागी हुँदा १४ वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलवार राती बारबर्दिया नगरपालिका खैरेनीमा आगलागी हुँदा घरमा सुतिरहेका १४ वर्षीय बालक दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । उनी घरमा एक्लै सुतिरहेको अवस्थामा अचानक आगो लागेको थियो ।

मृत्तक दिनेशका बाबु बैदेशिक रोजगारीका लागि विदेशमा रहेको र आमा र बहिनी काम विशेषले घर बाहिर रहेको शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार
ताजा समाचार