२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

एमाले सांसद बानियाँ नेपालगञ्ज विमान स्थलबाट प्रहरी नियन्त्रणमा, बुधबारमात्र म्याद थप हुने




नेपालगञ्ज :  नेकपा एमालेका सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका छन् ।

उनी बिरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसंगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भने–‘जबरजस्ती करणीको आरोपमा नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका छौ । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार मात्र म्याद थप गरी अनुसंन्धान सुरु गरिने छ ।’

सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाण्डौबाट नेपालगञ्ज आए लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार
ताजा समाचार