
नेपालगञ्ज : जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो।
शिवरात्रीको बिदाका कारण पूर्व-मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए। बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्।
ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए। फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति : २०७८ फागुन १८ गते बुधबार






प्रतिक्रिया दिनुहोस्