२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

रुकुमको जंगलमा एक दर्जन बढी बम भेटिए



नेपालगञ्ज : जंगलमा ड्रमभित्र एक दर्जन बढी बम लुकाइराखेको अवस्थामा फेला परेका छन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको बुर्किसल्लाको जंगलमा एक दर्जन बढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो जंगलको ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा सकेट बमहरु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी जनाएको छ ।

उक्त जंगल क्षेत्र माओवादीको प्रभाव पर्ने भएकाले ती सकेट बमहरु द्वन्द्वकालमा लुकाएर राखिएका हुन सक्ने प्रहरीले जानकारी दिएको छ । ती सकेट बमलाई डिस्पोज गर्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार
ताजा समाचार