२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

नेपालगञ्जमा प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव भेटियो



नेपालगञ्ज : नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– २० राँझा, नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर एक युवकको शव बिहीबार बिहान फेला परेको हो ।

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत १० गते बिहीबार
ताजा समाचार