२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मोटरसाइकलसहित चोर पक्राउ



नेपालगञ्ज : मोेटरसाइकल चोरी गर्ने गिरोहका एक जना सदस्यसहित चोरीको मोटरसाइकलसहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी बाँकेबाट सादा पोशाकमा खटिएका प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले सोमवार बिहान नेपालगञ्ज १६ जयसपुरबाट एउटा चोरीको मोटरसाइकलसहित सलमान अन्सारीलाई पक्राउ गरेको जिल्ला हो ।

चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा पप्रहरी टोलीले नम्बर प्लेट नभएको युनिकर्न मोटरसाइकलसहित अन्सारीलाई पक्राउ गरेको हो ।

पहिलादेखि शंकास्पद रुपमा रहँदै आएका अन्सारीलाई बिगत एक महिनादेखि निगरानी गर्दै आएको बाँके प्रहरी सोमवार भने मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार
ताजा समाचार