२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, २० गम्भीर घाइते



नेपालगञ्ज : प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । बस दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ ।

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न १२ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बस दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं १ की एक वर्षीया अंशु परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तिब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत ५ गते शनिबार
ताजा समाचार